लक्ष्मीपूजामा जलाइएको दियोबाट सल्केर आगलागी, ६ लाख बढीको क्षति

२०८० कार्तिक २७, सोमबार ०७:४८

काठमाडौं,
कार्तिक २६ बाँके लक्ष्मीपूजाका दिन जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा पुर्ण क्षेती भएको जानकारी छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा हिजो साँझ आगलागी भएको हो ।

बिज्ञापन

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन धनौलीको बर्मा हार्डवेयरमा आगलागी भइ पुर्ण क्षेती भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।

बिज्ञापन

आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका थिए ।

बिज्ञापन
२०८० कार्तिक २७, सोमबार ०७:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना