काठमाडौं,
२८ कार्तिक, तिहार लागेसँगै बजारमा फूल बेच्नेहरूको भिड देखिन्छ ।
बिज्ञापन
बजारमा तिहारका लागि फूल किनबेच गर्नेहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा सयपत्री, मखमली लगायतका फूलको माग ह्वात्तै बढेको छ ।
विशेष गरी कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री भैरहेको छ। आज देखि भोलि बिहान सम्म बढी बिक्री हुन्छ। घरका झ्यालढोकामा लगाउनका लागि गाउँगाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री केही वर्ष अघिसम्म भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। पछिल्ला वर्षमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ। मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन भएको देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्