नुवाकोट । NRD Entertainment काे आयाेजनामा हुने “Miss & Mrs. Nuwakot 2025” काे लागि आवेदन फाराम खुला भएको छ। आयोजक संस्थाका अनुसार प्रतियोगिताको दोस्रो संस्करणका रूपमा यस वर्षका लागि आवेदन प्रक्रिया सुरु गरिएको हो।
बिज्ञापन
गत वर्ष नुवाकोटको विदुरमा सम्पन्न “Miss & Mrs. Nuwakot 2024” सफलतापूर्वक सम्पन्न भएपछि यस वर्षकाे संस्करण अझ उत्साहजनक र व्यवस्थित रूपमा आयोजना गरिने तयारी गरिएको आयोजकले जनाएको छ।
बिज्ञापन
कार्यक्रमकी प्रमुख नम्रता तामाङका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले NRD Entertainment काे आधिकारिक फेसबुक पेज मार्फत आवेदन फाराम भर्न र थप जानकारी प्राप्त गर्न सक्नेछन्।
उनकाे भनाइमा, “स्थानीय प्रतिभालाई पहिचान र प्रोत्साहन दिने उद्देश्यका साथ यस वर्षकाे Miss & Mrs. Nuwakot 2025 लाई अझ व्यापक र सशक्त बनाउन तयारी भइरहेको छ।”
बिज्ञापन
👉 थप जानकारीका लागि:
NRD Entertainment – Official Facebook Page



प्रतिक्रिया दिनुहोस्