मनोरञ्जनको लागी पड्काएको रकेट बमले आगलागी, ५० लाखभन्दा बढीको क्षति

२०८० कार्तिक २८, मंगलवार १४:५२

काठमाडौं।
कार्तिक,गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको समष्टि नेपाल खबर लाई जानकारी दिए ।

बिज्ञापन

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको रकेट बम जैनको घर पछाडि रहेको परालको कुनियोमा खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

बिज्ञापन

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८० कार्तिक २८, मंगलवार १४:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना