काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पुनः आरम्भ तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि पनि तामाङकै अध्यक्षतामा संघले काम गर्दै आएको थियो।
बिज्ञापन
शनिबार काठमाडौंमा सम्पन्न अधिवेशन तथा साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष आरम्भ तामाङको अध्यक्षता, नेपाल सरकारका पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख सम्बोधन र पूर्वमन्त्री परशुराम तामाङको विशेष सम्बोधन रहेको थियो।
बिज्ञापन
संघ स्थापना भएको एक दशक पूरा गर्दै आएको छ। तामाङले अधिवेशनमा बोल्दै संस्थाले तामाङ सांस्कृतिक पक्षको संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएका साथै कलाकारहरूको हकहितका लागि सक्रिय रहेको बताए।
पुनः अध्यक्ष पदमा निर्वाचित भएपछि तामाङले आफ्ना सहकर्मी र सम्पूर्ण सदस्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ सशक्त रूपमा संघ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे।
बिज्ञापन
नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
1. अध्यक्ष: आरम्भ तामाङ
2. उपाध्यक्ष: किर्तिमान तामाङ
3. महासचिव: शिशिर थोकर
4. सचिव: लक्ष्मी स्याङतान
5. कोषाध्यक्ष: मानबहादुर गुरुङ
सदस्यहरू:
६. सिता लामा
७. रितु तामाङ
८. शान्ती माम्बा
९. ममता गुरुङ
१०. सन्जू तामाङ
११. लोकेन्द्र तामाङ
१२. दु्र ब्रेभ गुरुङ
१३. प्रकाश वाइबा
१४. सुमन घले
१५. प्रमिला तामाङ
१६. लिलु तामाङ
१७. करिसा तामाङ



प्रतिक्रिया दिनुहोस्