प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

२०८० कार्तिक ३०, बिहीबार ०७:०४

काठमाडौं ।
कार्तिक २९ महोत्तरीमा गोली लागेर दुई जना घाइते भएका छन् । गएराति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीको गाडीबाट भागेपछि चलाएको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । गएको कात्तिक २० गते जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेको आरोपमा शक्तिकपुर र अजयलाई प्रहरीले खोजी गरिरहेको थियो । उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद चार हजार बरामद गरेको प्रहरीले जनाएको छ । झण्डै ६० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रिया समेत अगाडि बढाएको छ ।

बिज्ञापन

बिज्ञापन

२०८० कार्तिक ३०, बिहीबार ०७:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना