काठमाडौं ।
मंसिर १ दशैं-तिहार जस्ता ठूला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार होत्तै घटेको छ । दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो ।
बिज्ञापन
गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ
बिज्ञापन
कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको हो । असोजमा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको थियो ।
गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यो वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको हो । दशैं र तिहार पर्वको दुवै बिदा कात्तिकमा नै परेकोले पनि यो वर्ष कात्तिकमा घरजग्गाको कारोबार घटेको छ ।
बिज्ञापन
साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । यस्तै असोजमा ३९ हजार ८८१ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।
घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिक घरजग्गा कारोबारको सेवा कर, रजिस्टेसन दस्तुर र पूँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको हो ।
जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्टेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पूँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांक छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व संकलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो । असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व संकलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व संकलन भएको हो ।
कात्तिकमा जग्गाको कारोबारमा तराईका जिल्ला नै अगाडि देखिएका छन् । सुनसरीको इनरुवा भूमि सुधार तथा मालपोत कार्यालयमा सबैभन्दा धेरै ११८२ लिखत पारित हुँदा भूमि सुधार तथा मालपोत कार्यालय धनुषामा ११०७ वटा लिखत पारित भएको छ ।
यस्तै झापाको भद्रपुर मालपोतबाट १ हजार ११ लिखत पारित हुँदा सप्तरीको राजविराज मालपोतबाट ८९५ लिखत पारित भएका छन् ।
मोरङको बेलवारी मालपोतमा ७५५ लिखत पारित भएको छ । सर्लाहीको मलंगवा मालपोतमा ६५२ र सिराह मालपोतमा ६३८, कैलालीको धनगढी मालपोतमा ६३१ र महात्तरीको जलेशवर मालपोतमा ६२८ लिखत पारित भएको हो । यसतै पर्साको वीरगञ्ज मालपोतमा ६०८ र सिरहाको लहान मालपोतमा ५७४ लिखत पारित भएको छ
जग्गाको कारोबारमा तराईका जिल्लाका मालपोत कार्यालय अगाडि देखिँदा राजस्व संकलनमा भने भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल अगाडि देखिन्छ । ललितपुरको उक्त मालपोतबाट १८ करोड ९४ लाख १५ हजार राजस्व संकलन हुँदा डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १५ लाख ९४ हजार र मालपोत कार्यालय भक्तपुरबाट १४ करोड २६ लाख राजस्व संकलन भएको हो ।
यस्तै काठमाडौंको कलंकी र चाबहील मालपोतबाट क्रमशः १३ करोड १८ लाख २० हजार र १२ करोड ४४ लाख ८३ हजार राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्