विश्वकप क्रिकेट जित्ने टिमले कति पाउँछ पुरस्कार ?

२०८० मंसिर १, शुक्रबार १४:०६

काठमाडौं ।

बिज्ञापन

मंसिर,१ विश्वकप क्रिकेटको फाइनल आइतबार भारतको अहमदावादमा हुँदैछ र यो पल्ट फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।

बिज्ञापन

फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ ।

बिज्ञापन

उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ ।

सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् ।

समूह चरणबाटै घर फर्केका ६ टिमले भने १-१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् ।

यसका साथै लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन्

२०८० मंसिर १, शुक्रबार १४:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना