एक हातले बाइक चलाएको भिडियो हटाएको केही समयमै लडे हर्क साम्पाङ, हातमा चोट

२०८३ जेष्ठ २२, शुक्रबार ०७:१२

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू मोटरसाइकलबाट लडेको र हातमा चोट लागेको जानकारीसहित तस्बिर सार्वजनिक गरेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

बिज्ञापन

दुर्घटनाअघि साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले हेल्मेट लगाएको देखिए पनि हेल्मेटको फिता नबाँधिएको देखिएको थियो। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो भने कतिपय प्रयोगकर्ताले ट्राफिक नियम उल्लंघन गरेको भन्दै नेपाल प्रहरीलाई समेत ध्यानाकर्षण गराएका थिए।

बिज्ञापन

सामाजिक सञ्जालमा आलोचना बढेपछि साम्पाङले उक्त भिडियो हटाएका थिए। तर भिडियो हटाएको केही समयपछि नै आफू मोटरसाइकलबाट लडेको र हातमा चोट लागेको जानकारी सार्वजनिक गरेका हुन्।

घटनापछि सामाजिक सञ्जालमा सडक सुरक्षासम्बन्धी नियमहरूको पालना सबैले गर्नुपर्ने विषयमा व्यापक बहस सुरु भएको छ। धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले ट्राफिक नियमको पालनामा अझ बढी जिम्मेवारी र उदाहरणीय व्यवहार देखाउनुपर्ने टिप्पणी गरेका छन्।

बिज्ञापन

हाल साम्पाङको चोट सामान्य रहेको र स्वास्थ्य अवस्था खतरा बाहिर रहेको बताइएको छ।

२०८३ जेष्ठ २२, शुक्रबार ०७:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना