बर्दियामा आगलागी हुँदा एकै परिवारको ४ जनाको मृत्यु

२०८० मंसिर ९, शनिबार ०३:३९

काठमाडौं ।
९ मंसिर, बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । भने जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको थियोे ।
शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

बिज्ञापन

आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।
सोही ठाउँ मै गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको जनाएको छ ।
स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ
आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
२०८० मंसिर ९, शनिबार ०३:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना