काठमाडौं। चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४ र ७ मा पर्ने त्रिभुवन पार्कमा आइतबार नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा चन्द्र गोपाली चयन भएका छन्।
बिज्ञापन
कार्यक्रम सम्पन्न भए पनि पुरानो कार्यसमिति तथा सम्बन्धित तीनवटै वडाका जनप्रतिनिधिहरूको अनुपस्थिति र नयाँ कार्यसमितिले पार्कको सीमाना तथा व्यवस्थापनसम्बन्धी जानकारी पुरानो कार्यसमितिबाट औपचारिक रूपमा हस्तान्तरण नगरेको विषयले स्थानीयवासीले विभिन्न प्रश्न उठाएको छ।
बिज्ञापन
स्थानीयहरूले पार्कजस्तो सार्वजनिक सम्पत्तिको नेतृत्व परिवर्तन गर्दा आवश्यक समन्वय, अभिलेख हस्तान्तरण र स्पष्ट प्रक्रिया अपनाइनुपर्ने धारणा राखेका छन्। पुरानो कार्यसमिति तथा जनप्रतिनिधिको अनुपस्थितिले नेतृत्व परिवर्तन सामान्य प्रशासनिक प्रक्रिया थियो वा त्यसमा राजनीतिक प्रभाव पनि थियो भन्ने विषय अहिले आम नागरिकको चासोको केन्द्र बनेको छ।




प्रतिक्रिया दिनुहोस्