तस्वीर : Ai
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले बिहीबार आत्मदाहको प्रयास गरेका छन्।
बिज्ञापन
प्रहरीका अनुसार राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि तत्कालै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको छ।
घाइते पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाको कारणबारे पनि यकिन भइसकेको छैन।
बिज्ञापन
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ। त्यसका साथै घटनास्थलमा जडान गरिएको सीसीटीभी फुटेजसमेत अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा ती पुरुष राहदानी विभागका सेवाग्राही हुन सक्ने आशंका गरिएको भए पनि प्रहरीले यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्