काठमाडौं ।
बिज्ञापन
मंसिर १० राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।
बिज्ञापन
उक्त बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले समष्टि नेपाललाई जानकारी दिए ।
महासचिव ढकाल का अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल साथै आवश्यक निर्णयहरू हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्