कीर्तिपुरको चारधारे–चारबाटो सडक निर्माणमा ढिलाइप्रति सांसद प्रदीप बिष्टको चासो, तत्काल काम अघि बढाउन निर्देशन

२०८३ असार ३२, बिहीबार १०:४६

काठमाडौं । संघीय सांसद प्रदीप बिष्टले कीर्तिपुर नगरपालिका–स्थित चारधारे–चारबाटो सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ।

बिज्ञापन

अनुगमनका क्रममा सांसद बिष्टले स्थानीय जनप्रतिनिधिसँग सडक निर्माणमा किन ढिलाइ भइरहेको हो, त्यसका वास्तविक कारण के हुन् र के–कस्ता अवरोधका कारण काम अघि बढ्न सकेन भन्ने विषयमा विस्तृत जानकारी लिनुभएको थियो। साथै, विकास निर्माणजस्तो महत्वपूर्ण काममा ढिलाइ हुनुमा को जिम्मेवार हो भन्ने विषयमा समेत स्पष्ट जवाफ माग्नुभएको थियो।

बिज्ञापन

सो अवसरमा स्थानीय जनप्रतिनिधिहरूले सडक निर्माणमा देखिएका विभिन्न प्रशासनिक, प्राविधिक तथा अन्य समस्याबारे सांसद बिष्टलाई जानकारी गराएका थिए। उनीहरूले आफूहरूले भोगिरहेका चुनौती र निर्माण कार्यमा देखिएका अवरोधबारे धारणा राखेका थिए।

सांसद बिष्टले विकास निर्माणका काममा अनावश्यक ढिलाइ हुँदा स्थानीय नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै सम्बन्धित निकाय, स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरूलाई समन्वय गरेर सडक निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।

बिज्ञापन

उहाँले नागरिकको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको यस सडकको निर्माणलाई उच्च प्राथमिकतामा राखी शीघ्र सम्पन्न गर्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

स्थानीयवासीले समेत लामो समयदेखि सडक निर्माण सम्पन्न हुन नसक्दा आवागमनमा कठिनाइ भोग्दै आएको गुनासो गर्दै कामलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

२०८३ असार ३२, बिहीबार १०:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना