नेपाल–चीन सहकार्य थप सुदृढ बनाउने विषयमा मन्त्री रावल र चिनियाँ राजदूतबीच छलफल

२०८३ श्रावण ९, शनिबार ०७:२८

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत Zhang Maoming सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बिज्ञापन

मन्त्रालयमा सम्पन्न भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालन भइरहेको Project Aid to Nepal, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि CAR T-Cell Laboratory स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरण (Digitalization of Land Administration) लगायतका सहकार्यका विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

भेटका क्रममा राजदूत Zhang Maoming ले मन्त्री रावल नेतृत्वको मन्त्रालयले सरकार गठनपछिका पहिलो १०० दिनमा हासिल गरेका कार्यप्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो। उहाँले सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी र सकारात्मक रहेको उल्लेख गर्नुभयो।

सरकार गठनपछि पहिलो १०० दिनका उपलब्धिलाई प्राथमिकताका साथ अघि बढाइरहेकी मन्त्री रावलले नेपालका लागि चीनका राजदूत Zhang Maoming सँग पहिलोपटक औपचारिक शिष्टाचार भेट गरी द्विपक्षीय सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो।

बिज्ञापन
२०८३ श्रावण ९, शनिबार ०७:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना