काठमाडौँमा २८ हजार ऋण तिर्न नसक्दा ….?

२०८० मंसिर ११, सोमबार ००:५०

काठमाडौँमा
मङ्सिर एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर श्रेष्ठ थरका तिनले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् ।

बिज्ञापन

करिब साढे ६ मिनेट लाइभमा आएको उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन्
दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।

बिज्ञापन

‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्‍यो….’, उनले लाइभमा भनेका छन् । उनले छोरोका नाममा फेसबुकमा पोष्ट पनि गरेका थिए ।

बिज्ञापन

उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ । उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको बताइएको छ ।

२०८० मंसिर ११, सोमबार ००:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना