नुवाकोटको बेलकाेटगढि नगरपालिका वडा नम्बर १०का अध्यक्षकै संरक्षणमा काठ तस्करी।

२०८० मंसिर ११, सोमबार ०३:१६

नुवाकोट । नुवाकोटको बेलकोटगढि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षकै संरक्षणमा सार्वजनिक बन दोहन गर्ने काम भएको छ । वडा अध्यक्ष प्रल्हाद थपलियाले निरञ्जना मन्दिरका नाममा सालघारी शिलापत्र वनको सालको काठ काटेर तस्करी गर्न लागेको आरोप छ ।

बिज्ञापन

उक्त काठ मन्दिरमा प्रयोग नगरी लुकाएर राखिएको भन्दै रास्ट्रिय स्वतन्त्र पार्टीका बेलकोटगढि सभापति कृष्णप्रसाद पन्तले काठ काटेकाे र लुकाएर राखिएकोबारे छानवीन गर्न सव डिभिजन वन कार्यालयमा निवेदन दिएका छन् ।

बिज्ञापन

स्थानीयस्तरमा मन्दिरका लागि आवश्यक पर्ने काठका लागि वन नमास्ने सहमती भएपनि वडा अध्यक्षले त्यस विपरीत काठ काट्नुले उनको नियतमाथि थप प्रश्न खडा भएको छ । कति रुख काटिएको भन्नेबारे समेत व्यक्ति अनुसार फरक फरक जानकारी दिने गरेको छ ।

साथै स्थानीयहरु ले अध्यक्षको मिलेमतोमा वन मासेर तस्करी गर्न लागेको आरोप लगाए छ ।

बिज्ञापन

(उपरोक्त सम्बन्धमा यसअघि समाचारको शिर्षकमा वडा नम्बर १० हुनुपर्नेमा भुलबस ९ भएकोमा क्षमाप्रार्थी सहित सच्याइएको जानकारी गराउदछु ।)

२०८० मंसिर ११, सोमबार ०३:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना