बागबजारबाट हुन्डी र अनलाइन जुवाको ९९ लाख नगदसहित एकजना पक्राउ

२०८० मंसिर ११, सोमबार १४:४२

काठमाडौँ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् ।

बिज्ञापन

आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नबराज अधिकारीले बताए । ब्युरोको टोलीले आरोपीतको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो ।

बिज्ञापन

ब्यूरोले उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । श्रेष्ठले बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप संचालन गरेर हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

बिज्ञापन
२०८० मंसिर ११, सोमबार १४:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना