गेस्टहाउसमा यौन धन्दा चलाउने सञ्चालक र म्यानेजर पक्राउ

२०८० मंसिर १२, मंगलवार ०१:००

काठमाडौं ।
मङ्सिर ११ सप्तरीले, वीरगञ्ज । गेस्टहाउसमा जबरजस्ती यौन धन्दा चलाएको आरोपमा सञ्चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सप्तरीले गेस्ट हाउसमा यौन धन्दा चलाएको आरोपमा राजविराज नगरपालिका – ३ स्थित लक्ष्मी गेस्टहाउसका सञ्चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका – ६ निवासी ५७ वर्षीय अरुण चन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका – २ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेको सप्तरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

लक्ष्मी गेस्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन धन्दा गराइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारी गरेर मिश्र र मण्डललाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए ।
सोही पक्राउ परेका दुवै विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको न्यौपानेले बताए

बिज्ञापन
२०८० मंसिर १२, मंगलवार ०१:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना