काठमाडौं ।
११ मंसिर, हिजो, बबरमहलस्थित जिल्ला अदालत अगाडिको जेब्राक्रसबाट दिउँसोको समयमा सडक पार गर्नेहरु अत्यधिक हुन्छन् ।
बिज्ञापन
वारिपट्टी जिल्ला अदालतको मूल भवन, पारिपट्टि जिल्ला अदालतकै केही इजलास र विशेष अदालत । यहाँबाट सडक वारपार गर्नेमा अदालतका सेवाग्राही, अरु सर्वसाधारण र कानुन व्यवसायी धेरै हुन्छन् । व्यस्त सडकमा जेब्राक्रसबाट सडक वारपार गर्दा केही दुर्घटना पनि भएका थिए ।
बिज्ञापन
काठमाडौं महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार, पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र गाडी गुड्नेतर्फ रातो बत्ती बल्छ ।
त्यसपछि गाडीहरु रोकिन्छन् र पैदलयात्रीले सडक पार गर्न पाउँछन् । पैदलयात्रीले ३० सेकेण्डमा सडक पार गरिसक्नुपर्छ । त्यसपछि फेरि गाडी गुड्न पाउँछन् । त्यसपछि पैदलयात्रीले पुनः स्वीच थिचेमा दुई मिनेटपछि पुनः सडक पार गर्न सक्छन् ।
बिज्ञापन
सोमबार यो प्रणाली सुरु भएको दिन महानगरको नगर प्रहरी र ट्राफिक प्रहरी बसेर प्रणाली चलाउन र बाटो काट्न सर्वसाधारणलाई सिकाइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्