काठमाडौं ।
मङ्सिर १२ आज,बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस सहित नियन्त्रणमा लिइएको हो ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका थिए ।
बिज्ञापन
सोही सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्