रास्वपा उपसभापतिमा वाग्ले, सहमहामन्त्रीमा श्रेष्ठ र आचार्य

२०८० मंसिर १४, बिहीबार ०१:५४

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले र सहमहामन्त्रीमा सुमोना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।
जलेश्वरमा सम्पन्न रास्वपा केन्द्रीय समिति तथा संसदीय समितिको संयुक्त बैठकले केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको हो। सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष बसुमाया तामाङ भएको मौजुदा पदाधिकारीलाई विस्तार गरिएको हो ।

बिज्ञापन

त्यस्तै बैठकले लिमा अधिकारीलाई कोषाध्यक्ष, दिपक बोहरालाई सहकोषाध्यक्ष तथा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई सहप्रवक्ता बनाउने निर्णय गरेको छ।

बिज्ञापन

पूर्व ब्याङ्कर अनिलकेशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी केन्द्रीय कमिटी सदस्य चयन भएको छ ।

बिज्ञापन
२०८० मंसिर १४, बिहीबार ०१:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना