काठमाडौंको शङ्खमुलबाट नक्कली नोट सहित एक युवक पक्राउ

२०८० मंसिर १५, शुक्रबार १५:५६

काठमाडौं ।
मङ्सिर, धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ नक्कली नोट सहित पक्राउ परेका छन् ।

बिज्ञापन

काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित उनी पक्राउ परेका हुन् ।

बिज्ञापन

प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

बिज्ञापन
२०८० मंसिर १५, शुक्रबार १५:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना