हिजोको खेल धनगढी र ललितपुर बराबरीमा रोकिए

२०८० मंसिर १७, आईतवार ०१:३६

काठमाडौं
मङ्सिर १६ हिजो नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।

बिज्ञापन

दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन्

बिज्ञापन

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् । अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको छ

शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको थियो ।

बिज्ञापन
२०८० मंसिर १७, आईतवार ०१:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना