काठमाडौं।
मंसिर १८ नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।
बिज्ञापन
आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ ।
बिज्ञापन
साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्