पार्किङ निषेध क्षेत्रमा सवारी साधन पार्किङ गर्ने लाई ट्राफिक प्रहरीको कार्वाही

२०८० मंसिर १८, सोमबार ०३:०३

काठमाडौं
१८ मंसिर । काठमाडौं । पुतलीसडक,बागबजार,पुराना बसपार्क क्षेत्रमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

बिज्ञापन

पार्किङ निषेध क्षेत्रमा सवारी साधन पार्किङ गर्ने सवारी चालक धमाधम कारवाहीमा पर्न थालेका छन् । विशेष गरी मानिसको बढि भिडभाड हुने बागबजार आसपासको क्षेत्रमा जहाँ पार्किङ निषेध लेखेको हुन्छ त्यही पार्किङ गर्नेहरुलाई कारवाही गरिएको हो ।

बिज्ञापन

कतिपयलाई सम्झाई बुझाई गरेर छाडिएपनि अटेरी गर्नेलाई कारवाही गर्दै आइएको छ । सडक साघुरो हुदा पैदलयात्रीलाई आवतजावतमा असहज भइरहेको अवस्थामा झनै सडकमा जथाभावी सवारी साधन पार्किङ गर्ने र जेब्राक्रसिङमा समेत पार्किङ गर्ने भएकाले त्यस्ता सवारी चालकलाई ट्राफिक प्रहरीले तिव्ररुपमा कारवाही गर्न थालेको छ ।

बिज्ञापन
२०८० मंसिर १८, सोमबार ०३:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना