काठमाडौं ।
बिज्ञापन
मंङ्सि १९ परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएर युक्रेनले बन्धक बनाएका नेपालीलाई फिर्ता ल्याउन तथा युद्धमा मारिएका ६ जना नेपालीको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ।
बिज्ञापन
रूस-युक्रेन युद्धमा बन्धक बन्न पुगेका विवेक खत्रीलाई नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, रूसी सेनामा भर्ती भएर ज्यान गुमाएका ६ जनाको शव ल्याउन पहल भइरहेको जनाइएको छ।
गोरखाका सन्दीप थपलिया, वाणगंगा-१ कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोकर, इलाम-५ इलामका गंगाराज मोक्तानको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
बिज्ञापन
नेपालसँग सम्झौता भएका बाहेकका देशमा भर्ती हुन नजान सरकारले आग्रह गरेको छ। सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेकले रूस जाँदा परराष्ट्र मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्शन सर्टिफिकेट’ अनिवार्य लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्