पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवन गर्न नपाइने

२०८० मंसिर २१, बिहीबार ०१:५०

काठमाडौँ ।
मंसिर,२१, पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।

बिज्ञापन

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने प्रकाशनले जानकारी दिएको छ ।

सोही स्थानमा कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

२०८० मंसिर २१, बिहीबार ०१:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना