थुनामा परेका व्यक्तिसँग रकम असुल्ने बौद्ध वृत्तका हवलदार अमर क्षेत्रीमाथि कारबाही

२०८० मंसिर २२, शुक्रबार ०४:३६

काठमाडौं ।

बिज्ञापन

मंसिर, अनुसन्धानका सिलसिलामा थुनामा परेका व्यक्तिलाई डर र धम्की देखाइ रकम असुल्न पल्केका प्रहरी वृत्त, बौद्धका हवलदार अमर क्षेत्री कारबाहीमा परेका छन् ।
विभिन्न प्रकरणमा अनुसन्धानका क्रममा हिराशतमा रहेका कैदीलाई मुद्दा शाखाका हवलदार अमर क्षेत्रीले रकम असुल्नैका लागि निकै सताउने गरेको खबर सार्वजनिक भएपछि प्रहरी परिसर, काठमाडौंले निजका क्रियाकलापमाथि छानबिन अघि बढाएको थियो । छानविनका क्रममा दोषी भेटीएपछि परीसरमा झिकाएर थप कारबाही प्रक्रिया अघि बढाइएको परिसरस्थित प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरी निष्पक्ष हुनुपर्छ । सेवाग्राहीले विनासर्त सेवा पाउनुपर्छ । दोषीमाथि कारबाही पनि पारदर्शी ढंगबाटै हुनुपर्छ भन्ने मान्यता राख्ने एसएसपी भुपेन्द्र खत्रीको कार्यशैली अनुसार प्रहरीले प्रहरीमाथि नै शुद्धीकरण अभियान पनि चाल्न थालेको छ । पिडीतबाट गुनासो आएपछि सोही अभियान अन्तर्गत हवलदार क्षेत्री कारवाहीमा परेका हुन् । हिराशतमा रहेका थुनुवालाई एकाविहानै हिराशत कक्षबाट माथि लैजाने र विभिन्न धम्की दिँदै ‘बयानमा यो हालीदिन्छु, त्यो हालिदिन्छु’ भन्दै बयानपत्र देखाएजस्तो गर्दै आफ्नो माग पूरा गर्न दबाब दिने गरेको गुनासो पिडीतबाट आउन थालेपछि उनीमाथि छानविन भएको हो । एक पिडीतको गुनासो थियो, ‘एकदिन होइन, दुई दिन होइन, दिनदिनै एकाबिहान माथि बोलाउने अनी उही धम्की !’ पिडीतले गुनासो गरे, ‘भन्नुस् न त के गरौं भन्दा ठाडै सुरु हुन्छ मोलतोल । उसको माग पूरा गर्न बाध्य ।’
बौद्ध बृत्तमा मुद्धामामिला हेर्ने शाखा अपराध अनुसन्धान शाखामा दरवन्दी भएका हवलदार अमर क्षेत्री कस्टडीमा रहेका कैदीसँग रकम असुल्न र भागवण्डा लगाउन माहिर भएकैले होला उनी त्यहाँका हाकिमका नजरमा पनि राम्रोमा गनिन्थे । स्रोतका अनुसार कैदमा रहेकाहरुबाट रकम असुल्न नजिकैको रेष्टुरेन्टमा कैदीले भनेकै मान्छेलाई भेट्ने हवलदार क्षेत्रीले लेनदेनका विषयमा कसैसँग कुनै कुरा गरेमा बयान बिगारिदिने र फसाई दिने धम्की दिने गरेको समाचार सार्वजनिक भएको थियो ।
के-कति दिनु पर्ने मोलतोल, कोबाट लिने सम्मका सबै सहमति कैदीबाट ‘ओके’ भएपछि मात्र नजिकैको रेष्टुरेन्टमा चिया पिउने बहानामा हवलदार अमर क्षेत्रीले कैदीले चिनाएको व्यक्तिलाई भेटेर सहमति अनुसारको ‘पैसा बुझ्ने गर्छन् भन्ने कुरा पिडीतबाटै सार्वजनिक भएको हो।

बिज्ञापन

एक पिडीतले आफूले ८५ हजार बुझाउनु परेको गुनासो गरेका थिए । ‘डेढ लाखबाट भएको बार्गेनिड्ग एक लाखमा झर्दै गर्दा बाध्य भएर ८५ हजार दिनु पर्यो । हिराशतमा रहेको अवस्थामा अनुसन्धान गर्ने प्रहरीले नै ‘यसो र उसो’ भन्दै धम्क्याउन थालेपछि त्यसै डर लाग्दो रैछ, नदिऊँ झन् फसाइँ दिने हो कि ? दिऊँ त्यत्रो रकम ?’ ती पिडीतको गुनासो थियो । उनका अनुसार मुद्दामामिला शाखाका सबैको एक स्वर हुँदोरैछ, रकम दिएपछिको व्यवहार नै अर्को ।

बौद्ध वृत्तका एक प्रहरी अधिकारीका अनुसार हवलदार अमर क्षेत्री यसरी रकम असुल्ने कार्यमा बदनाम छन् र पनि, हाकीमका नजरमा उनी नै प्रियपात्र देखिन्छन् । कारण बुझिनसक्नु छ । खासगरी हवलदार क्षेत्री मुद्दा मामिलाकै प्रकरणमा रहेकाहरुसँग असुलउपरमा सक्रिय देखिने उनी सिभिलीयन पोशाकमा रहने भएका कारण धरपकड प्रकरणमा पनि उनी नै खटिने गर्थे ।

बिज्ञापन
२०८० मंसिर २२, शुक्रबार ०४:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना