काठमाडौं ।
बिज्ञापन
मंसिर २३, हिजो शुक्रबार बेलुका अन्दाजी ३ बजे थानकोट खरिबोटमा कन्टेनरको ठक्कर बाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि नागढुंगा क्षेत्र तनावग्रस्त छ ।
बिज्ञापन
स्थानीयले सडक अवरूद्ध गरेपछि प्रहरीले सडक खुलाउने क्रममा दोहोर झडप भएको हो।
झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्।
बिज्ञापन
प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८/९ जनालाई नियन्त्रणमा लिएको एसपी कुमोद ढुंगेलले जानकारी गराए ।
अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको छ ।
ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हो ।
उनीहरूले ट्रकको सम्बन्धित समितिलाई छलफलमा बोलाउन माग गर्दै सडक अवरूद्ध पारेका हुन्। आज बिहान १० बजे पनि केहीबेर सडक अवरूद्ध गरेका थिए।
प्रहरीले यथाशिघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका थिए।
‘तर, प्रहरीले पीडक पक्षलाई छलफलमा ल्याउने तदारूकता नै देखाएन,’ एक स्थानीयले भने। उनका अनुसार प्रहरीले लाठी चार्ज गर्दा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छ ।
प्रतिक्रिया दिनुहोस्