आज साढे ६ किलो सुन सहित विदेशी नागरिक त्रिभुवन विमानस्थल बाट पक्राउ परेका छन्

२०८० मंसिर २४, आईतवार १४:०८

काठमाडौं ।

बिज्ञापन

मंसिर,२४ काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलोग्राम सुन सहित विदेशी नागरिकलाई पक्राउ परेका छन् ।

बिज्ञापन

सोही भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले गएराति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुन सहित इजिप्टका नागरिक मोहम्‍मद मोगामद लसिमलाई पक्राउ गरेको हो।

उक्त विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई गएराति पक्राउ गरिएको बताए। सुनको कारोबारमा संलग्न अन्य दुई जना विदेशी नागरिकलाई पनि पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। पक्राउ परेेका लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन कार्यालयले बरामद गरेको छ ।

२०८० मंसिर २४, आईतवार १४:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना