कास्कीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु

२०८० मंसिर २५, सोमबार ०१:१९

हिजो पोखरा । कास्कीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ ।
आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

बिज्ञापन

घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
२०८० मंसिर २५, सोमबार ०१:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना