२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका थिए ।
बिज्ञापन
बिज्ञापन
वीरगञ्ज २-१ ले पराजित भएको खेलमा रेफ्रीले खेल सकिएको सिठ्ठी फुके लगत्तै इलामका कप्तान तथा गोलकिपर कबिन व्यञ्जनकार रेफ्रीसँग विवाद गर्दै अघि बढेका हो।
बिज्ञापन
९४ औं मिनेटमा वीरगञ्जलाई पेनाल्टी दिएदेखि नै विकेश रेफ्रीसँग असन्तुष्ट थिए । उनले वीरगञ्जका विलियम ओपोकुले पेनाल्टी हान्ने बेलामा पोष्ट नै खाली छाडेका थिए । तर पछि उनी पोष्टमा गए पनि ओपुकुले गोल गरेपछि वीरगञ्ज विजयी भएको थियो ।
खेल सकेपछि विकेशले विवाद गरेपछि व्यञ्जनकारले उनलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि झनै आक्रामक बनेका विकेशले व्यञ्जनकारमाथि हातपात नै गरेका थिए
इलामका केही खेलाडी र अफिसियल रेफ्री र असिस्टेन्ट रेफ्रीमाथि आक्रामक बनेपछि मैदानमै पुगेर सुरक्षाकर्मीले छुट्टाएका थिए ।
प्रतिक्रिया दिनुहोस्