काठमाडौं ।
मंसिर, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका खाणलाई उच्च अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिज्ञापन
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको थियो ।
बिज्ञापन
गत मंसिर १५ मा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।
साथै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, रायमाझीका छोरा सन्दीप रायमाझीलगायत अन्यलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्