नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली जनतालाई झुक्याउने मात्र काम भएकाले निराशा छाएको बताएका हुन् । उनले २०६२/६३ को आन्दोलनपछि संविधानसभा निर्वाचन, संविधान जारी र २०७४ को निर्वाचनसम्म जनताले धैर्यता गर्दागर्दै त्यसपछि पनि आशा लाग्ने काम हुन नसकेको टिप्पणी गरे ।
बिज्ञापन
‘नेपाली जनताले २०७४ को नेपाल कम्युनिष्ट पार्टीको सरकारप्रति जुन आशा र भरोसा राखेका थिए, त्यो अनुसारको काम गर्न नेकपाको सरकारले सकेन,’ उनले भने, ‘ पटक-पटक संसद् विघटन गर्दा जनतामा थप निरासा उत्पन्न हुँदै गयो ।’
बिज्ञापन
संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको उनले बताए । ‘सिंहदरबारको कुर्सीमा म नभएर जनताले दुःख पाएका हुन् भन्ने पाइएला,’ उनले भने, ‘तर कांग्रेसले यतिबेला केही भन्न पाउने अवस्थामा छैन । जनता रिसाएका छन्, उनीहरुलाई फकाउने जिम्मा कांग्रेसको हो ।
जनतालाई जहिल्यै पनि झुक्काउने काम गर्न नहुने भन्दै उनले अब जनतालाई जवाफ दिनुपर्ने बताए । महामन्त्री थापाले जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको बताए । ‘भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो,’ उनले भने, ‘त्यसैले वर्तमानमा कांग्रेसले नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।’ महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाएर त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । ‘देखेको कुरा बोल्नुपर्छ र कांग्रेस सम्मिलित सरकारले राम्रो काम गर्नुपर्छ,’ उनले भने, ‘जनताको मत लिएर गएको सरकारले सही काम गर्नुपर्छ । सरकारले सही काम गरे स्याबासी र गलत गरे खबरदारी गर्नुपर्छ ।’
बिज्ञापन
उनले ०४६ सालपछि बनेका सरकार, उच्च प्रशासकहरुको सम्पत्ति उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने पनि बताए । ‘गलत ढंगले कमाएको सम्पत्ति समितिले दिएको प्रतिवेदनअनुसार नै कारबाही गर्नुपर्छ,’ उनले भने, ‘केही मान्छेले गल्ती गर्दा सबै कांग्रेसलाई दोष दिन पाइँदैन ।’ महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।
सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जनता र कार्यकर्ताको मन जितेर कांग्रेसलाई अघि बढाउनुपर्ने अवस्था आएको बताए ।
प्रतिक्रिया दिनुहोस्