काठमाडौं ।
बिज्ञापन
काठमाडौं,मोटरसाइकल चोरी गरीनम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा महानगररपालिका-१४ कलंकीबाट २ युवा लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिज्ञापन
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरि नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छ ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा. प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्