कहाँ हराए काठमाडौंका फुटपाथबाट झिकिएका सग्ला टायलहरु

२०८० पुष ४, बुधबार ०२:३९

काठमाडौं।
४ पुस,। काठमाडौं महानगरपालिकाले हिजोआज सडकपेटी फुटपाथ मा पुरानो टायल झिकेर नयाँ टायल बिछ्याउँदै गरेको छ ।
करिब साढे २ अर्ब रुपैयाँ लागतको परियोजना कार्यान्वयनका लागि सडकपेटीबाट पुराना ‘इन्टरलकिङ ब्लक स्टोन’हरु झिकिएको हो ।

बिज्ञापन

सोही झिकिएका ती टायल कहाँ लगियो भनेर सडक विभागले प्रश्न गरेको छ ।

बिज्ञापन

काठमाडौं महानगरले सुरक्षा निकायहरुलाई सहयोग स्वरुप र सडक विभागमा सुरक्षित राख्ने प्रयोजनका लागि टायल दिएको बताए ।
महानगरले लैनचौर-महाराजञ्ज, लैनचौर-सोह्रखुट्टे-बालाजु, रत्नपार्क-बागबजार-मैतीदेवी-पुरानो बानेश्वर-भीमसेनगोला-सिनामंगल, नक्साल-बालुवाटार-शीतलनिवास लगायत खण्डमा अहिले नयाँ टायल बिछ्याउन पुरानो टायल धमाधम निकालिरहेको देखिन्छ ।

थापाथली-त्रिपुरेश्वर-कलंकी, तीनकुने-कोटेश्वर, चाबहिल-चुच्चेपाटी सडकको पेटीबाट पनि टायलहरु हराएको भन्दै सडक विभागले खोजी गरेको थियो ।

बिज्ञापन

हाल प्रयोगमा रहेको पेटीबाट उप्काइएका अधिकांश टायल पुनः प्रयोग हुन सक्ने देखिन्छ

२०८० पुष ४, बुधबार ०२:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना