आज,कांग्रेसको वाग्मती प्रदेश सम्मेलन, सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने

२०८० पुष ७, शनिबार ०१:२०

काठमाडौँ — नेपाली कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन आज हुने भएको हो । प्रदेश कार्यसमितिले पत्रकार सम्मेलन गर्दै प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनको आज बिहान साढे ८ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छ ।

बिज्ञापन

आजको,सम्मेलनमा १३ वटै जिल्लाका प्रतिनिधि आउने क्रममा रहेको र सम्पूर्ण तयारी भएको प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समष्टि नेपाल खबर लाई जानकारी दिए ।

बिज्ञापन

बानियाँले भने हामी यस्तो बेला पार्टीको सम्मेलन गर्दैछौँ कि अहिले एकातिर संघीयता, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उब्जाइएको छ भने अर्कोतिर यो व्यवस्थामाथि नै असन्तोष जगाइएको छ उनले भने, ‘हामी सम्मेलनमा संघीयताको उपयोगितासहित यी विषयहरूमा छलफल गर्नेछौँ उनले भने ।’

त्यस्तै,तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यबाट अधिकारको प्रयोग र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै ती विषयमा समेत छलफल हुने बताए ।

बिज्ञापन

प्रदेशभरीबाट ७८२ जना प्रतिनिधि आउनेछन् । वाग्मती प्रदेशका संघ र प्रदेशका सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता हुने भएको छ ।

२०८० पुष ७, शनिबार ०१:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना