ग्लोबल आईएमई बैंकले ९.९९% ब्याजदरमा १२ करोडसम्म घर कर्जा दिने

२०८० पुष ७, शनिबार ०९:३७

काठमाडौं ।
ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो।

बिज्ञापन

विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रुपमा कर्जा सार्न सक्नेछन्।

बिज्ञापन

विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने बैंकले जनाएको छ।

बैंकले आवश्यक कागजात पेस गरेको ३ कार्यदिनभित्र बिनाझन्झट कर्जा प्रवाह गर्नेछ। ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ

बिज्ञापन
२०८० पुष ७, शनिबार ०९:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना