मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा दियो सार्वजनिक बिदा

२०८० पुष ८, आईतवार ०२:३९

काठमाडौं- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन

गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको हो ।

बिज्ञापन
२०८० पुष ८, आईतवार ०२:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना