बसन्तपुर क्षेत्रमा मनाइयो योमरी पूर्णिमा

२०८० पुष १०, मंगलवार ०७:१८

१० पुस, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे ।

बिज्ञापन

उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ ।

बिज्ञापन

यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्दछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ

बिज्ञापन

२०८० पुष १०, मंगलवार ०७:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना