नागढुंगा सुरुङ मार्गको मुल सुरुङ खन्न ९८.६० मिटर बाँकी

२०८० पुष १२, बिहीबार १३:५७

काठमाडौं ।
पुस,१२,काठमाडौं । नागढुंगा सुरुङ मार्गको मुल सुरुङ खन्न बल ९८.६० मिटर बाँकी रहेको आयोजनाले जनाएको हो ।

बिज्ञापन

हिजो सार्वजनिक आयोजनाको पछिल्लो प्रतिवेदन अनुसार सुरुङको ‘ब्रेक थ्रु’का लागि अब मात्र ९८.६० मिटर खन्न बाँकी रहेको बताइएको छ ।

बिज्ञापन

कुल २ हजार ६८८ मिटर लम्बाइ रहेको सुरुङको २ हजार ५८९.४० मिटर सुरुङ खनिइसकिएको आयोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुले जानकारी दिए । उनका अनुसार आयोजनाको सुरुङतर्फको मात्र प्रगति अब ९८.२० प्रतिशत पुगेको छ ।

अब बाँकी १.८० प्रतिशत काम सम्पन्न भएसँगै सुरुङ ‘ब्रेक थ्रु’ हुने भएको छ ।

बिज्ञापन

२०८० पुष १२, बिहीबार १३:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना