काठमाडौं,महानगरपालिकामा पनि स्वास्थ्य बीमा शुरु हुँदै

२०८० पुष १२, बिहीबार १४:०६

काठमाण्डौ,महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुुभयो ।

बिज्ञापन

उहाँका अनुुसार अब महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् ।

बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।

बिज्ञापन
२०८० पुष १२, बिहीबार १४:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना