काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ ।
बिज्ञापन
बुधबार जंगी अड्डाले बढुवाका लागि ७ दिनको सूचना प्रकाशन गरेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।
बिज्ञापन
रिक्त रथी पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने कानुनी व्यवस्था छ । उपरथी थापा सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डर छन् ।
प्रतिक्रिया दिनुहोस्