काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।
नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्