अवैध उत्खननमा सघाएको आरोपमा वडाध्यक्ष हिरासतमा

२०८० पुष १६, सोमबार ०१:५५

राजविराज, कमला खोलामा अवैध उत्खननका लागि सिफारिस दिएर सहयोग गरेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्याल्य सिरहाले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

कर्जान्हा नगरपालिका-१ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला खोलाको बगरबाट गत पुस ७ गते एस्काभेटर प्रयोग गरी अवैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरिएको थियो ।
सोही दिन वन कार्यालयले एउटा एस्काभेटर र दुईजनालाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा वडाध्यक्ष पोखरेललाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सिरहाका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए

ऐन कानुनविपरीत अवैध उत्खननका लागि सिफारिस दिइ सहयोग गरेकाले वडाध्यक्ष पोखरेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सिरहा लहानको हिरासतमा राखिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय सिरहाले पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो । वडाध्यक्ष पोखरेल एमालेबाट निर्वाचित हुन् ।

बिज्ञापन

२०८० पुष १६, सोमबार ०१:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना