घिमिरे र ढकाललाई उपरथीको दर्ज्यानी चिह्न

२०८० पुष १७, मंगलवार ०१:३३

काठमाडौँ ।
पुस,१७ उपरथीमा बढुवा भएका पवनराज घिमिरे र चोकबहादुर ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । दुवै जना लाई हिजो,सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हो ।
उनीहरु दुवैलाई पुस १२ को मन्त्रिपरिषद्को निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा गरेको थियो ।

बिज्ञापन

बिज्ञापन

सोही,पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभागको अतिरिक्त समूहमा नियुक्त भएका छन् । उपरथी ढकाल अहिले संयुक्त राष्ट्र संघको युनाइटेन मिसन इन लेबनान (युनिफिल) मा डेपुटी फोर्स कमान्डरको रूपमा कार्यरत छन् ।

बिज्ञापन
२०८० पुष १७, मंगलवार ०१:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना