चन्द्रागिरि, नगरपालिकाले थानकोट,र नागढुंगामा विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशन निर्माण गर्ने

२०८० पुष १९, बिहीबार ०२:२९

काठमाडौं ।
पुस १९,। चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण हुने भएको छ।
साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिंग स्टेशनको निर्माण गर्न प्रारम्भिक सर्वेक्षण भएको हो। साथै नेपाल विद्युत प्राधिकरण संगको समन्वय गर्ने कार्य पनि अघि बढाई सकेका बताए ।
हिजो नगर प्रमुख घनश्याम गिरी सथै साझा यातायातका अध्यक्ष कनक मणि दीक्षित र महाप्रबन्धक महेन्द्र राज पाण्डेय सहितको टोलि द्वारा एक बैठक पश्चात् स्थलगत निरीक्षण कार्य सम्पन्न गरेको हो।
निरीक्षणको क्रममा गिरिले समष्टि मिडिया सग को कुराकानी मा भने लामो तथा छोटो दुरिको सार्वजनिक यातायात तथा निजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने बताए ।
सोही बोल्ने क्रममा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितले भने नेपाल विद्युत प्राधिकरणको आवस्यक ट्रान्सर्फमर जडान हुने बित्तिकै स्टेसन निर्माण कार्यले गति लिने प्रतिक्रिया दिए ।

बिज्ञापन

बिज्ञापन

२०८० पुष १९, बिहीबार ०२:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना