सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

२०८० पुष २०, शुक्रबार ११:३४

पस,२० । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालको भवनको स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा एकजनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु हो ।

बिज्ञापन

बरहथवा नगरपालिकाले बरहथवा- ६ मा रहेको स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेपछि बरहथवा बजार क्षेत्र तनावग्रस्त बनेको हो।

बिज्ञापन

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका क्रममा केही व्यक्ति घाइते भएका छन् ।

बिज्ञापन
२०८० पुष २०, शुक्रबार ११:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना