काठमाडौं ।
२७ पुस,आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हो ।
बिज्ञापन
राष्ट्रपति पौडेलले सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् । सोहि अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।
बिज्ञापन
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छन् । दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।
सोहि अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्